×

Vajra NTV

भुकम्प पिडितलाई ओमकार टेलिभिजनको १ लाख ५१ हजार आर्थिक सहयोग


काठमाडौं। ओमकार टेलिभिजन र ओमकार फाउण्डेशनले भुकम्प पीडितलाई १ लाख ५१ हजार आर्थिक सहयोग गर्ने भएको छ । पीडितहरुको उद्धार, राहतका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सक्दो सहयोग गर्नुपर्ने ओमकार टेलिभिजनका संस्थापक अध्यक्ष मुकुन्द शर्माले बताएका छन् ।

यस समयमा सरकार राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर काँधमा काँध मिलाए हातेमालो गर्दै यो विपत्तिको सामना गर्नुपर्ने अध्यक्ष शर्माको भनाई छ । साथै अध्यक्ष मुकुन्द शर्माले भूकम्पमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका व्यक्तिका परिवारमा समवेदना प्रकट गरेका छन् ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको टेलिभिजन र ओमकार फाउण्डेशनले जनाएको छ ।

भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ६४ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन् । सबै घाइतेको उपचार भईरहेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ ।


More

View All

News

Health

Sports