×

Vajra NTV

जोन्टा क्लब काठमाडौंद्वारा लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न


काठमाडौं । सशस्त्र प्रहरी बलको महिला शाखा र एनसेलको सहकार्यमा जोन्टा क्लब काठमाडौंले लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लैङ्गिक हिसांविरुद्धको १६ दिने कार्यक्रमअन्तर्गत महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा महिलाले भोगिरहेका विभिन्न समस्यालाई प्रस्तुत गरिएको थियो । नेपालमा महिलासम्बन्धी कानुनी अधिकारका विषयमा छलफलसमेत भएको थियो ।जोन्टाको १६ दिने अभियानअन्तर्गत काठमाडौंको १३ स्थानमा रहेका क्यूएफएक्स सिनेमाघको ३१ स्क्रिम, यातायातमा बाल विवाह, घरेलु हिंसा, कार्यालयमा हुने दुर्व्यहार र यौन दुर्व्यहार सम्बन्धी चार फरक भिडियो प्रदर्शन गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि एआईजी डा.चन्द्रप्रकाश गौतम थिए । कार्यक्रममा काठमाडौं महानगरभित्रका महिला, एपीएफ महिला र जोन्टा क्लबका सदस्यहरू सहभागी थिए ।


More

View All

News

Health

Sports