×

Vajra NTV

ग्लोबल आईएमई बैंकका ग्राहकले इकमर्श प्लेटफर्म दराजमा विशेष छुट पाउने


काठमाडौं । ग्लोबल आईएमई बैंकका डेविट–क्रेडिट कार्डबाहक ग्राहकले इकमर्श प्लेटफर्म दराजमा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी बैंक र दराजबीच सम्झौता  भएको छ ।सम्झौताअनुसार अब बैंकका ग्राहकले डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

डेविट कार्डबाहक ग्राहकले कुनै पनि सामानको भुक्तानीमा १० प्रतिशत अर्थात ५ सय रूपैयाँसम्म छुट पाउनेछन् भने भने क्रेडिट कार्डबाहकले १५ प्रतिशत अर्थात ७५० रूपैयाँ सम्म छुट पाउने भएका भएका छन्। उक्त अफर आजदेखि तीन महिनासम्म लागू रहने बैंकले जनाएको छ।


More

View All

News

Health

Sports