×

Vajra NTV

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो नगद लाभांश घोषणा


काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो नगद लाभांश करसहितको हो । कुल ३० करोड ८७ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७९–८०को वित्तीय विवरण तथा लाभांश प्रस्ताव बीमा प्राधिकरणमा स्वीकृतिका लागि पठाउने निर्णय बैठकले गरेको छ ।साबिकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्ज भइ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको हो ।


More

View All

News

Health

Sports