×

Vajra NTV

लिलामी सेयर नपरेकाको पैसा फिर्ता गर्दै अपर तामाकोशी


काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन्। आजदेखि लिलामीमा सेयर भर्दा नपरेको रकम फिर्ता हुँदै जानेछ। बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन्। अपर तामाकोशीको लिलामी सेयर भर्दा अर्बौ रकम जम्मा भएको छ।

यसैगरी, यसको कट अफ प्राइस १४७ रुपैयाँ आएको छ। यस हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो। यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो। सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो। यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन्।


More

View All

News

Health

Sports