काठमाडौं । भारतमा रहेका नेपालीले त्यहाँको सीमकार्ड लिन पाउने भएका छन् । यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो ।

सभापति राजकिशोर यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ गतेदेखि माघ २४ गतेसम्म भारत भ्रमण गरेको थियो। भ्रमणका क्रममा टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेशमन्त्री एस जयशंकर, भारतीय संसदअन्तर्गतको विदेश मामिलासम्बन्धी संसदीय समितिका सांसदहरु लगायतकासँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो।
जसमा पहिलो माग आज पूरा गरेकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् । सभापति राजकिशोर यादव र नेतृत्वको संसदीय समितिको टोली अमुल्य सम्झौता सफल बनाउन भएको छ ।अब नेपाली नागरिकता, पासपोर्ट आदि कागजातका आधारमा नेपालीले भारतीय नम्बरको SIM Card पाउने भएका छन् ।