
www.hyonjanherbal.com
काठमाडौं । काभ्रे जिल्लाको वल्थलीमा अहिले प्रथम राष्ट्रिय कोटीहोम भैरहेको छ । यहि फगुन २ गते देखि सुरु भएको कोटीहोम चैत ३ गते कर्ता तथा भक्तजनहरुबाट हवन गराई कोटीम समापन गरिने छ भने एकादशीको अवसर पारेर चैत ७ गते मात्रै प्रसादी वितरण गरिने छ । राष्ट्रिय कोटीहोमका लागि ७७ वटा जिल्लमा रथद्वारा भ्रमण गरि निमन्त्रणा दिइएको थियो । राष्ट्र शान्ति, राष्ट्र समृद्धि, राष्ट्रिय अरिष्ट नाश राष्ट्रिय कोटीहोमको मुल उदेश्य हो ।

हालसम्म नेपालभरका लगभग २०–२५ लाख भक्तजनले कोटीहोमको दर्शन गरेको कोटीहोमका मुल संकल्पकर्ता महाराज मुकुन्द शर्मा हुमागाईले जानकारी दिएका छन् । उक्त कोटीहोममा देशभरबाट आएका श्रदालुभक्तजनहरुलाई ओमकार टेलिभिजन र ओमकार फाउण्डेसनले निःशुल्क खाना तथा बस्नको व्यवस्था गरेको छ ।
काभ्रेको पनौती नगरपालिका–११ वल्थलिमा लड्केश्वर महादेवका नामले प्रसिद्ध धार्मिक स्थलमा ओमकार टेलिभिजन र ओमकार फाउण्डेसनले विश्वकै अग्लो १०८ फिट अग्लो त्रिसुल निर्माण गरेको छ । वरिपरि हरियो वनजंगल, डाँडापाखा र काखैमा छमछम नाच्दै र मिठो स्वरमा सुस्केकार हाल्दै बगेकी लड्कु र रोशी गंगाको संगम पश्यात बगेकी लिलावती गंगाको आवाजले जो कोहीलाई पनि मोहित बनाउँछ । प्राकृतिक छटाले घेरिएको उक्त धाममा पुग्दा आफ्ना हरेक दुख, कष्ट भुलेर ओठमा खुस्कान छाउने गरेको त्यहाँ आउने भक्तजन बताउँछन् ।

www.hyonjanherbal.com
जहाँ ओमकारले पाइला टेक्यो त्यहाँ विश्वले देख्यो भन्ने भनाइलाई पुष्टि गर्दै वर्षौंदेखि ओझेलमा परेको उक्त धामलाई नयाँ स्वरुप दिँदै विश्वसामु चिनाएको छ । अहिले दैनिक रmपमा हजारौं भक्तालुहरु दर्शन गर्न आउने गरेका छन् । महादेवको धाम भएकाले होल सोमबार धेरै भक्तालुहरुको भिड त्यहाँ देख्न पाइन्छ ।
त्यस्तै यही २७ गते राष्ट्रपति रामचन्द्र पौडेल र २८ गते राजा ज्ञानेन्द्र शाहले प्रथम राष्ट्रिय कोटीहोमको दर्शन गरेका थिए । उक्त कोटीहोमको आयोजना ओमकार फाउण्डेसनले गरेको थियो भने कोटीहोमका सम्पुर्ण कार्यक्रम ओमकार टेलिभिजनले गरेको ओमकार फाउण्डेसनका सचिव कमल योञ्जन तामाङले जानकारी दिएका छन् ।
यज्ञबाट प्राप्त हुने लाभ यसप्रकार छन् :
१.यज्ञ नै देवता हुन्। त्यसैले यज्ञद्वारा मनुष्य जे चाहान्छ उसलाई त्यहि वस्तु प्राप्त हुन्छ ।
२.यज्ञद्वारा समयमा नै बर्षा हुन्छ । (उपनिषद्) (श्रीमद्भागवत)
३.सम्पुर्ण यज्ञ नारायणपरक हुन्छ । (ब्रम्हापुराण)
४.तिने लोकमा यज्ञ तुल्य अरु कुनै महत्त्वपूर्ण वस्तु छैन (महाभारत)
५.सुख शान्ति र आनन्द प्राप्तिका निमित्त यज्ञ आवश्यक छ । (पद्मापुराण)
६.यज्ञबाट सुसन्तती प्राप्त हुन्छ । (महाभारत)
७.यज्ञबाट नै समस्त कामना पुर्ण हुन्छ । (वायुपुराण)
८.निस्स्वार्थ भावले यज्ञमा तन,मन,धनले सहयोग गर्दा एश्वर्यको प्राप्ति हुन्छ ।
९.यज्ञ जहा हुन्छ त्यहा कलियुगको दुष्प्रभाव पर्दैन ।
१०.यज्ञबाट स्वधर्म र स्वकर्तव्यको ज्ञान प्राप्त हुन्छ ।
११.यज्ञबाट मानिसले इन्द्रियमाथि विजय प्राप्त गर्दछ ।
१२.यज्ञबाट समस्त चराचर जगगको कल्याण हुन्छ ।
१३.यज्ञबाट राष्ट्र र समाजको संरक्षण हुन्छ ।
१४.यज्ञबाट संक्रमित रोग (कोरोना,डेङ्गु आदि रोग नाश हुन्छ) ।
१५.यज्ञबाट शारिरिक समस्त दोष नाश हुन्छ ।
१६.यज्ञबाट मनुष्यको कहिले पनि अधस्पतन हुदैन।
१७.यज्ञबाट सबै विध्न बाधा नष्ट हुन्छ ।
१८.यज्ञबाट सत्य र सदाचारपालनको शिक्षा प्राप्त हुन्छ ।
१९.यज्ञबाट धर्मको जय ,अधर्मको नाश,प्राणिहरुमा सद्भाव र विश्वको कल्याण हुन्छ ।
२०.यज्ञबाट शुद्ध वायु प्रवाहित हुदा सवर्त्र प्रदुषित वायुको नष्ट हुन्छ ।
२१.यज्ञबाट आखाको ज्योति बढ्छ ।
२२.यज्ञबाट सौभाग्यको वृद्धि हुन्छ ।
२३.यज्ञमण्डप प्रदक्षिणा गर्दा सबै प्रकारको मंगल प्राप्ति हुन्छ । यज्ञमा सहयोग गर्नु सबैको कर्तव्य हो ।
२४.यज्ञबाट सबै कामना पूर्ण हुन्छ । (ऋग्वेद)
२५.यज्ञको दर्शन गर्दा पनि पुन्य प्राप्ति हुन्छ ।
यो भिडियो हेर्नुस:

www.hyonjanherbal.com