काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइकालेन्ससहितको ट्रिपल५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमको साथमाप्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभवप्राप्त गर्न सक्नेछन् ।

शाओमी १४ मा६.३६ इन्चकोएमोलेडएलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर, र ९० वाटवायर वा ५० वाटवायरलेस चार्जिंगको साथमा ४६१० एमएचब्याट्रीउपलब्धछ।एआई फेस अनलक, अन स्किृन फिङ्गरप्रिन्ट जस्ता फिचरका साथमाआइपी ६८ रेटिङपनि यस स्मार्टफोनमाउपलब्धछ।डुअल सिमसपोर्ट, ५ जि कनेक्टिभिटी, र विभिन्नसेन्सरहरूले प्रयोगकर्ताको अनुभवलाई झनै रमाइलो बनाउने विश्वासकम्पनीले लिएको छ ।
यस बारेमाबोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्युले भन्नुभयो,“शक्तिशालीपर्फर्मेन्स, इमर्सिभ डिस्प्ले,ए–ग्रेड क्यामरा सिस्टम र उत्कृष्ट सेक्युरिटीफिचरका साथशाओमी १४ प्रयोगकर्ताको लागिसर्वोत्कृष्ट विकल्पबन्ने हामीले विश्वासलिएका छौँ । हामीलाई अपार मायादिनुहुने हाम्रा नेपालीग्राहकहरूकालागि यो नयाँप्रविधिल्याउनपाउँदाहामीज्यादै खुसी छौँ ।”
लाइकाक्यामरा प्रविधिको सुरुवातः
शाओमी १४ लेलाइकाक्यामरा प्रविधिको साथ स्मार्टफोन फोटोग्राफीमानयाँस्टान्डर्डसेट गरेको छ। ठूलो १.६एपर्चरको साथशाओमी १४ ले कमउज्यालोमापनिउज्यालो र स्पष्ट तस्बिरहरू खिच्दछ । यस अप्टिकललेन्सले ज्यादै राम्रो कलर रिप्रोडक्सन, कन्ट्रास्ट र रिजोलुसनका साथक्याप्चर स्पिडलाई पनि बढाउने कम्पनीको दावि छ ।लाइकाको७५ एमएमको टेलिफोटो लेन्स र लाइट फ्युजन ९०० इमेज सेन्सरको साथले हाइ डाइनामिक रेन्ज र उत्कृष्ट नोइज रिजेक्सनप्रदानगर्दछ ।
शक्तिशालीपर्फर्मेन्सः
शाओमी १४ स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरद्वारा सञ्चालित छ जुनअत्याधुनिक ४ एनएमपावर– इफिसियन्ट उत्पादन प्रक्रियाबाट बनेको हो ।क्वाल्कम एड्रेनो जिपियुसँग जोडिएको यस चिपसेटले सिमलेस पर्फर्मेन्स र प्रभावकारी पावर म्यानेजमेन्ट सुनिश्चितगर्दछ जसले प्रयोगकर्ताहरूको गेमिङअनुभव फरक बनाउँदछ ।
आकर्षक डिस्प्लेः
२६७० ह १२०० को रिजोलुसन र १.५के ६.३६ इन्चको एमोलेड प्यानलका साथआकर्षक डिस्प्लेमाशाओमी १४ आएको छ। १ हर्जदेखि १२० हर्जसम्मको डाइनामिक रिफ्रेस रेटले फ्लुइड एनिमेसन, सहज स्क्रोलिङ रपावर इफिसियन्सीसुनिश्चितगर्दछ । साथमा डल्बी भिजन, प्रो एचडिआर डिस्प्लेले भाइब्रेन्ट र डिटेल कलर पनिउपलब्ध रहेको छ ।
शक्तिशालीब्याट्रीर फास्ट चार्जिङः
शाओमी १४ को ४६१० एमएचको ठुलोे ब्याट्री र फास्ट चार्जिङले दिनभरको प्रयोग सुनिश्चितगर्दछ । ९० वाटको फास्ट चार्जिङभएको हुदाजम्मा३१ मिनेट (बुस्टमोड) मा नै फूलचार्ज गर्न सक्छ । साथै ५० वाटको वायरलेस हाइपर चार्ज र रिभर्स वायरलेस चार्जिङले यस डिभाइसलाई झनै उपयुक्तबनाउने कम्पनीले दाबी गरेको छ ।
साथै एआई फेस अनलक र अन स्क्रिन फिङ्गरप्रिन्ट जस्ता फिचरले शाओमी १४ लाई झनै सुरक्षित बनाउँदछ भने आइपी ६८ रेतिंगभएको हुदाशाओमी १४लाई धुलो र पानीबाट पनिबचाउँदछ । साथै शाओमी हाइपर ओएसले स्मुथ र सहजअनुभवप्रयोगकर्तालाई प्रदान गर्नेछ ।
बजार उपलब्धताः
शाओमी १४ कालो, सेतो र जेड ग्रीनकलरमा१२ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्धछ ।शाओमी १४,१२ जिबी + ५१२ जिबी भेरियन्टको मूल्य रु. ९९,९९९ राखिएको छ । यस्तै,शाओमीले शाओमी प्रायोरिटी क्लबपनिलन्च गरेको छ जसको माध्यमबाट ग्राहकहरुलेशाओमी १४माविशेष फाइदाहरू प्राप्त गर्न सक्नेछन् । यस क्लबकासदस्यहरूले ६–महिनाविस्तारितवारेन्टी, एक पटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट (पहिलो ६महिनाभित्र), निःशुल्कलेबर कस्ट (पहिलो २४महिनाभित्र) रप्राथमिकतामाग्राहक सेवापनिप्राप्त गर्नेछन् । यस प्रायोरिटी क्लबको शुरुवातले शाओमीको ग्राहकअनुभवलाई अझै निखार्ने कम्पनिले विस्वास लिएको छ ।शाओमी १४ सबै एमआई स्टोर र शाओमीकाआधिकारिकअथोराइज्ड रिटेल आउटलेटहरुमा १८ चैतबाट उपलब्ध छ ।