×

Vajra NTV

 २३ खर्ब ८५ अर्ब नाघ्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋणको हिस्सा कति ? 


काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक पुगेको छ । अर्थ मन्त्रालय मातहत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को नौ महिना (साउन–फागुन) सम्म सरकारले २ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण लिएको छ ।

योसँगै कुल सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको छ । कार्यालयका अनुसार चैत मसान्तसम्म ११ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण पुगेको छ । यसरी कुल सार्वजनिक ऋण झन्डै २४ खर्ब नजिक पुगेको हो ।

तर, कार्यालयको तथ्याङ्क अनुसार फागुनको तुलनामा भने चैतमा सार्वजनिक ऋण करिब साढे २ अर्ब रुपैयाँले घटेको छ । तथ्याङ्क अनुसार फागुन मसान्तसम्म तिर्न बाँकी ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेकामा गत चैतसम्म आइपुग्दा घटेर २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ कायम भएको हो ।

यस्तै, २०८० असार मसान्तसम्म सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ थियो । चालु आवको ९ महिनामा सार्वजनिक ऋण ९० अर्ब ३६ करोड रुपैयाँले बढेको छ । यसबीच सरकारले १ खर्ब २५ अर्ब ६२ करोड रुपैयाँ आन्तरिक र २६ अर्ब ८७ करोड वाह्य गरी कुल १ खर्ब ४९ अर्ब ५० करोड बराबर साँवा भुक्तानी गरेको छ ।

२ खर्ब ९ अर्ब भुक्तानी 
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षको ९ महिनामा मात्र सार्वजनिक ऋणको साँवाब्याज बापत २ खर्ब ९ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

आन्तरिकतर्फ १ खर्ब ७५ अर्ब ४० करोड रुपैयाँ र बाह्यतर्फ ३३ अर्ब ७४ करोड भुक्तानी गरेको सरकारले ब्याजका लागि मात्र ५६ अर्ब ६५ करोड रुपैयाँ खर्चिएको छ । समीक्षा अवधिमा सरकारले १ खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ साँवा घटाएको छ ।


More

View All

News

Health

Sports