×

Vajra NTV

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको थियो ।

आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा पुगेको छ । बुधबार युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६५ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ २० पैसा पुगेको छ । हिजोको तुलनाम आज युरोको भाउ बढेको छ । हिजो पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ६८ पैसा रहेको थियो ।

बुधबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेकामा आज रियालको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।


More

View All

News

Health

Sports