×

Vajra NTV

सजिवन एवम् मोरिंगा खानुका महत्वपुर्ण फाइदाहरू


काठमाडौं । नेपाल कृषि प्रधान देश हो। नेपालमा धेरै किसिमका वनस्पति, फलफुल तथा तरकारीको खेती गरिन्छ। नेपालका ६६% जनसंख्या प्रत्यक्ष रुपमा कृषिमा निर्भर छन्। त्यस्तै सजिवन (सोइजन) तराई प्रदेशमा हुने अग्ला रूखमा लामा लामा बोडीका आकारका तरकारी खानहुने कोसा फल्ने एक प्रकारको रूख हो । यसको कोसा छिप्पिएपछि चपाएर पानी खाँदा गुलियो हुने भएकोले यसलाई कवाफचिनी अथवा शीतलचिनी पनि भनिन्छ । नेपाली भाषामा कतै कतै शीतल चिनी पनि भनेर चिनिने यो वनस्पतिलाई संस्कृतमा सोभञ्जन, शिग्रु र तीक्ष्णगन्धा आदि नामले सम्बोधन गरिन्छ।

भिडियो हेर्नुहोस।

केही विशेषज्ञले यसलाई दुनियामा सबैभन्दा बढी उपयोगी बिरुवाका रूपमा मान्ने गरेका छन्। विशेषज्ञका अनुसार एउटा शीतल चिनीको बोटबाट ३०० किसिमका रोगको उपचार गर्न सकिन्छ। विश्व स्वास्थ्य सङ्गठनले ४२ वर्षदेखि यसको अनुसन्धान गरिरहेको छ। स्वस्थ शरीर र राम्रो स्वास्थ्य राख्नका निम्ति मानिसको शरीरलाई पर्याप्त मात्रामा भिटामिन, खनिज तत्व, प्रोटिन, कार्बोहाइडे्रटलगायत् पदार्थ आवश्यक हुन्छ। प्रोटिनलाई शरीर निर्माणको आधारमध्ये एक मानिन्छ।

मानिसको शरीरलाई २१ किसिमका एमिनो एसिड चाहिन्छ। यी सबै पाउन मासु र दूधलाई सर्वोत्तम स्रोत मानिँदै आएको छ तर आश्चर्यलाग्दो तथ्य के छ भने मासु, दूध र अण्डामा जस्तै सबै किसिमका एमिनो एसिड शीतल चिनीमा पाइएको छ। त्यसैगरी शीतल चिनीमा सुन्तलामा भन्दा ७ गुणा बढी भिटामिन “सी”, गाजरमा भन्दा ४ गुणा बढी भिटामिन “ए”, दूधमा भन्दा ४ गुणा बढी क्याल्सियम, केरामा भन्दा ३ गुणा बढी पोटासियम, दहीमा भन्दा २ गुणा बढी प्रोटिन पाइन्छ।

शीतल चिनीको १०० ग्राम पातमा १३.४, कोसामा ३.७ र सुकाएको पातको धुलोमा ३८.२ ग्राम कार्बोहाइड्रेट पाइन्छ। १०० ग्राम शीतल चिनीको कोसामा ०.१ र सुकेको पातको धुलोमा २.३ ग्राम फ्याट पाइन्छ। १०० ग्राम शीतल चिनीको सुकेको पातको धुलोमा २०५ क्यालोरी र कोसामा २६ क्यालोरी पाइन्छ। शीतल चिनीको कोसा र पातको प्रयोगले पाचन क्रियालाई बलियो पार्छ।

भिडियो हेर्नुहोस।

मधुमेह र उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि यो अति नै उपयोगी मानिन्छ। एकदेखि ३ वर्षका साना नानी, बच्चालाई दूध खुवाउँदै गरेका आमा र रोग लागेर तङ्रिदै गरेका मानिसका निम्ति शीतलचिनीबाट पाइने पोषणतत्व अत्यन्त लाभकारी ठहर भएको छ। पुग्ने जति पोषिलो खानेकुरा खान नपुग्ने कम आम्दानी हुनेहरुका निम्ति शीतल चिनी एउटा अत्यन्त उत्तम विकल्प ठान्ने गरिएको छ।

अङ्ग्रेजीमा ड्रमस्टिक (DRUMSTICK) भनिने यसको बोटानिकल नाम मोरिङ्गा ओलिफेरा (Moringa oleifera) हो। यो गुणकारी वृक्ष ईशाको पहिलो शताब्तीतिर आयुर्वेदीय औषधी प्रयोगका रूपमा पत्ता लागेको हो। आयुर्वेदमा यसका बारेमा धेरै व्याख्या गरिएको छ। यसको उद्गम स्थल भारतवर्षको उत्तरी क्षेत्र अर्थात् हिमाली क्षेत्रसँग जोडिएको नेपाल र भारतको महाभारत पर्वत शृङ्खला तथा समथर मैदान हो भन्ने वनस्पति शास्त्रीहरूको ठम्याइ छ।

त्यस्तै सजिवनको बीउबाट बनाइएको तेल ओलिभ तेल जत्तिकै राम्रो हुन्छ भन्दा कमैलाई विश्वास लाग्छ। किनभने, ओलिभ तेल ठूल्ठूला डिपार्टमेन्टल स्टोरहरूमा धेरै पैसा हालेर किनिन्छ। सजिवनको तेलको त विज्ञापनसम्म पनि देखिंदैन। दक्षिण भारतीयहरूले भने यसको महत्व राम्ररी बुझेका छन्। उनीहरू डोसा वा इडलीसँग खाने तरकारी साम्भरमा त सजिवन हाल्छन्, हाल्छन्। त्यस्तै, करिपत्ता पनि उनीहरूको भान्सामा अत्यावश्यक मसला हो।
भिडियो हेर्नुहोस।


More

View All

News

Health

Sports