काठमाडौं । पुष २२गते
बुधबार उत्तर कोरियाले समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ।

बुधबार दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा पुग्छ भने हाइपरसोनिक मिसाइल कम उचाइमा उडेर लक्ष्यतर्फ अघि बढ्छ। हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा ५ गुणा तीव्र रुपमा उड्छ। यसको गति प्रतिघण्टा ६ हजार २ सय किलोमिटर हुन्छ।