×

Vajra NTV

साफ यू–१७ पुरुष फुटबल, आज नेपालले भुटानको सामना गर्दै


काठमाडौं, भदौ २२ गते
आज नेपालले श्रीलंकामा जारी साफ यू–१७ पुरुष फुटबलमा आफ्नो पहिलो खेलमा भुटानको सामना गर्दैछ ।कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले आज भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको राति ८ः१५ बजे सुरु हुनेछ ।

सोमबार भएको उद्घाटन खेलमा भुटानलाई भारतले ३–० गोल अन्तरले हराएको थियो ।समूह ुबीु मा रहेको भारतले १ खेलमा ३ अंक जोडेको छ । भारत शीर्ष स्थानमा रहेको छ ।यस्तै नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।

 


More

View All

News

Health

Sports