×

Vajra NTV

दक्षिण कोरियामा भागदौड हुँदा १४९ जनाको मृत्यु, विश्व नेताद्वारा शोक व्यक्त


काठमाडौं, १३ कात्तिक ।  सियोलमा शनिबार राति ह्यालोविन कार्यक्रममा भएको भागदौडमा १ सय ५१ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएपछि विश्व नेताहरूले शोक प्रकट गरेका छन् । राजधानीको साँघुरो गल्लीहरूमा हेलोवीन मनाइरहँदा हजारौंको सहभागी थियो । सहभागीमध्ये अधिकांश युवा र विद्यार्थी थिए ।

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।भारतीय विदेशमन्त्री एस जय शंकरले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै शोकमा परेको दक्षिण कोरियासँग भारतको ऐक्यबद्धता रहेको बताएका छन् ।

राजधानी सिउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको थियो ।
सयौँपसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख मानिसको भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।


More

View All

News

Health

Sports