×

Vajra NTV

इरानको रिभोलुसनरी गार्ड ‘आतंकवादी संगठन’को रूपमा सूचीबद्ध हुन सक्ने


काठमाडौं, १४ कात्तिक। जर्मनी र युरोपेली युनियनले इरानको रिभोलुसनरी गार्डलाई ‘आतंकवादी संगठन’को रूपमा सूचीबद्ध गर्ने कि नगर्ने भनेर जाँच गरिरहेको जर्मन विदेशमन्त्री आनलेना बेरबोकले बताएकी छिन् । रिभोलुसनरी गार्डको प्रदर्शन रोक्नको आदेशलाई अस्वीकार गर्दै इरानका प्रदर्शनकारीहरूले आइतबार फेरि जुलुस निकालेपछि उनको टिप्पणी आएको हो।

इस्लामिक गणतन्त्र इरानमा कथित महिला पोसाक उल्लंघनको आरोपमा तेहरानमा पक्राउ परेपछि महसा अमिनीको हिरासतमा मृत्यु पछि विरोध प्रदर्शन चर्किरहेका बेला जर्मनी र ईयुले रिभालुसनरी गार्डलाई अतिवादी संगठनको रुपमा सूचीबद्ध गर्ने वा नगर्ने विषयमा जाँच गरिरहेका हुन् ।प्रदर्शन अहिले सातौं हप्तामा जारी छ ।


More

View All

News

Health

Sports