×

Vajra NTV

गोली लागेर घाइते भएका इमरान खान डिस्चार्ज


काठमाडौं, २१ कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ खान अस्पतालबाट डिस्चार्ज भएका छन् । तीन दिनअघि एक चुनावी ह्यालीमा गोली लागेर घाइते भएका खान उपचारपछि डिस्चार्ज भएका हुन् । उनको खुट्टामा गोली लागेको थियो । उनीमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक–ए–इन्साफले जनाएको छ ।

पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन् । एक स्थानीय टिभी च्यानलले खान ह्वीलचेयरमा लाहोर क्लिनिकबाट बाहिर निस्किएको देखाएको छ ।

७० वर्षीय खानमाथि बिहीबार पूर्वीसहर वजिराबादमा बाक्लो भीडमा एक राजनीतिक कार्यक्रममा गोली प्रहार भएको थियो ।गत अप्रिलमा सत्ताच्युत भएसँगै राजनीतिक सरगर्मी बढेको पाकिस्तानमा उनीमाथि गोली प्रहार भएपछि थप अस्थिरता बढ्ने संकेत गरिएको छ ।


More

View All

News

Health

Sports