×

Vajra NTV

वैदेशिक रोजगारीमा जाँदा सरकारी राजश्व बाहेक अन्य शुल्क नबुझाउन श्रममन्त्रालयको आग्रह


काठमाडौं, माघ २४ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृति मार्फत वैदेशिक रोजगारीमा जानेले सरकारी राजस्वबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई कुनै पनि प्रकारको शुल्क नबुझाउनु आग्रह गरेको छ ।

श्रम मन्त्रालयले विज्ञप्ति जारी गर्दै पहलमा वैदेशिक रोजगारीमा जाँदा सरकारी राजश्व बाहेक कुनै पनि शुल्क कसैलाई पनि बुझाउन नपर्ने भन्दै ठगीमा पर्नबाट बच्न आग्रह गरेको हो । वैदेशिक रोजगारीको नाममा सरकारको नीति, कानुन र प्रक्रियागत व्यवस्थाभन्दा बाहिर गएर कसैले पनि रकम उठाउने र ठगी गरेमा कारबाही हुने भन्दै मन्त्रालयले तोकिएको शुल्क मात्र लिन म्यानपावर व्यवसायीहरूलाई समेत सचेत गराएको छ ।


More

View All

News

Health

Sports