काठमाडौं, फागुन ३ गते । आज प्रदेश १ प्रदेशसभा बैठक बस्दैछ । अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो। प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बिहान ११ बजे बैठक बस्ने कार्यसूची छ ।

प्रदेश सभाको बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम छ । गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदैआएको थियो ।