काठमाडौं, फागुन ३ गते । ५२ पदाधिकारीविरुद्धको मुद्दाको आज अन्तिम सुनुवाइ हुँदैछ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्ध मुद्दा परेको थियो । गत साउन ११ गते पेसी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएकोमा आज सोही आदेशअनुसार सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको लागि पेशी तोकिएको हो ।

ओलीले प्रक्रिया नपुर्याई संवैधानिक बैठक बोलाएको, र पछि अध्यादेशको आधारमा बैठक डाकेर संवैधानिक पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले अदालतमा रिट दर्ता गरेका थिए ।