×

Vajra NTV

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची


काठमाडौं, फागुन ३ गते । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । आज बस्ने बैठकमा सम्पत्ति शुद्धीकरण सबन्धी विधेयक प्रस्तुत हुने भएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री धुव्रबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” बैठकसमक्ष पेश गर्नेछन् ।

उनका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

 


More

View All

News

Health

Sports