काठमाडौं, फागुन ४ गते । देश अस्थिरतातर्फ गइरहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरको भनाई छ । गौरीगङ्गा–२ चौमालामा अवस्थित मालिका माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुक अस्थिरतातर्फ गइरहेकाले विकास निर्माणका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने पूर्वमन्त्री बलायरले उल्लेख गरेका छन् ।

पूर्वमन्त्री बलायरले देश अस्थिरतातर्फ गइरहेको र अब एक अर्कालाई गालीभन्दा काम गरेर देखाउनुपर्ने जिकिर गरेका छन् । उनले सबै आआफ्नो ठाउँबाट गम्भीर बन्नु पर्ने बताएका छन् । आफूले विधालयको समस्या बुझेको र सरकारमा नभए पनि समाधानतर्फ लाग्ने उनले प्रतिवद्धता जनाएका छन्।