×

Vajra NTV

विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नु लज्जास्पद र निन्दनीय –भीम रावल


काठमाडौं, फगुन ११ गते । देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा भएको नेकपा (एमाले)का नेता भीम रावलले टिप्पणी गरेका छन् । आज र सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले पदका लागि भएको जति छलफल देश र जनताका लागि गरेको भए जनतालाई राहत हुने बताएका छन् ।

नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि रु’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थाले । लज्जास्पद र निन्दनीय ।’


More

View All

News

Health

Sports