×

Vajra NTV

एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा


काठमाडौं, फगुन ११ गते । नेकपा (एमाले) र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ ।राष्ट्रपतिको उम्मेदवारीलाई लिएर एमाले) र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा पुगेको हो । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रसबीच भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन सत्ता गठबन्धन टुट्ने पक्का जस्तै देखिएको छ ।

गठबन्धन व्यूताउने समझदारी भएपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ । नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बन्यो, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए । तर दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएपछि एमालेसँग माओवादी केन्द्रको सत्ता गठबन्धन सत्ता गठबन्धन टुट्ने देखिएको छ ।

यद्यपि अझै पनि सत्ता गठबन्धन जोगाउन प्रयास भइरहेको एमाले नेताहरु बताउँछन् । ै बुधवार एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधवार २ घण्टा भन्दाबढी छलफल भएको थियो । उक्त भेटमा अध्यक्ष ओलीले राष्ट्रपतिको लागि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वा एमाले नेता सुवास नेम्वाङलाई अघि सार्दा सबैले स्वीकार गर्ने धारणा राखेका थिए । त्यस क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई ‘पुस १० को सहमतिमा तपाईंको अन्टरस्ट्याडिङ के हो ? भन्दै प्रश्न समेत गरेका थिए । जवाफमा प्रचण्डले राष्ट्रपतिमा ‘तपाईँले पनि माधव नेपाललाई प्रस्ताव गरेको भन्ने सुनेको भन्दै वास्तविकता के हो ? भनेर जान्ने प्रयास गरेका थिए ।अध्यक्ष ओलीले नेता नेपालको नाम लिएपछि प्रचण्डले अन्य दलसँग पनि आफूले छलफल गर्ने बताएका छन् ।


More

View All

News

Health

Sports