×

Vajra NTV

आईसीसी विश्वकप लिग–२ः आजदेखि सन्दीप लामिछाने पनि मैदानमा


काठमाडौं, फागुन १८ गते । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजदेखि नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने जोडिने भएका छन् ।नाबालिग बलात्कारको मुद्दामा विदेश जान उनीमाथि लगाइएको रोक सर्वोच्च अदालतले खारेज गरिदिए पछि हिजो मात्रै युएई गएका लामिछानेले आज युएईविरुद्ध नेपालले खेल्ने खेलमा जोडिँदै छन् ।

सर्वोच्च अदालतको आदेशमा ढिला हुँदा विगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन् । प्रतिश जिसीलाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी वा सन्दीप लामिछाने मध्ये एकलाई खेलाउने सम्भावना रहेको क्यानले जनाएको छ ।

घरेलु मैदान टियूमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।

नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । नेपालले गत पुषमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौँ स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।यस खेलमा विजेता टोलीले २०२४ मा श्रीलंका हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्त्वका साथ हेरेको छ ।

नेपाली टोली

रोहित पौडेल कप्तान‌, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।


More

View All

News

Health

Sports