×

Vajra NTV

नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दै माओवादी धारका नेताहरू


काठमाडौं, फागुन ३० गते । आज नागरिक अगुवा र बुद्धिजीवीहरूसँग माओवादी धारका नेताहरूले छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् ।

मुलुकको तेस्रो राष्ट्रपतिको निर्वाचन कसले जित्ला भन्ने होडबाजी चलिरहेको बेला एकाएक बहालवाला प्रधानमन्त्रीलाई पक्राउ गरी फौजदारी अभियोगमा अनुसन्धान गरिपाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि सबैको मस्तिष्क तरंगित भएको थियो ।

गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । माओवादी घटक दलहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् । आज नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने र सुझावका आधारमा थप कार्यक्रम तय गर्ने माओवादी घटक दलहरूको तयारी छ ।


More

View All

News

Health

Sports