×

Vajra NTV

मलको अनुदान घटाएर सरकारले गरिब किसानहरूलाई बेवास्ता गरेको छ–अध्यक्ष राउत


काठमाडौं,चैत २ गते । रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयको आज एक विज्ञप्ति जारी गर्दै जनमत पार्टीले विरोध गरेको छ। किसानलाई साविकमा दिइँदै आएको अनुदान बढाउन, पर्याप्त मलखाद खरिदका लागि बजेट बढाउन र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न डा.राउतले माग गरेका छन्।

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा.सीके राउतले सरकारले रसायनिक मलमा कृषकलाई दिँदै आएको अनुदान कटौती गरेर गरिब किसानको बेवास्ता गरेको जनाएका छन्। विज्ञप्ति जारी गर्दै डा.राउतले मलमा अनुदान नबढाए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। सरकारले फागुन २४ गते रासायनिक मलमा दिइँदै आएको ७०।८२ प्रतिशत अनुदान कटौती गरी ५९.०४ प्रतिशत बनाएको थियो।

यसबाट किसानले प्रतिकिलो यूरियामा ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ थप मूल्यभार बेहोर्नुपर्ने र सरकारले जनताको हितमा काम गरेर उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टै मलको अनुदान घटाउँदा गरिब किसानहरूको बेवास्ता भएको विज्ञप्तिमा भनिएको छ ।


More

View All

News

Health

Sports