काठमाडौं,चैत ११ गते । आज नेपाल कमर्श क्याम्पसमा हुने भनिएको स्ववियु निर्वाचन अन्योलमा परेको छ ।क्याम्पस प्रमुख धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन भएपछि चुनाव अन्योलमा परेको हो । बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

चुनावअगाडी संगठनबीचको बैठक समेत बस्न सकेको छैन । मतदानका लागि ठूलो संख्यामा विद्यार्थी क्याम्पसमा आएका छन् ।निर्वाचन अधिकृत रेग्मी फोन स्वीच अफ गरेर बसेका छन् । निर्वाचन समितिको कार्यालयले शनिवार निर्वाचन गराउने सूचना जारी गर्दै मतदानको लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकेको थियो ।