×

Vajra NTV

फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलः पेरुमाथि जर्मनीको जित


काठमाडौं, चैत १२ गते । जर्मनीले फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा जर्मनीले पेरुलाई २–० गोल अन्तरले हराएको हो ।जर्मनीको जितमा निक्लस फुलक्रगले दुई गोल गरेका थिए ।खेलको १२ औं मिनेटमा निक्लसले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३३ औं मिनेटमा निक्लसले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–० को जित दिलाएका थिए । जर्मनीको लागि उनको यो पाँचौं गोल हो ।वेर्डेर ब्रेमेनका फरवार्डले जर्मनीका लागि ५ खेल खेलेका छन् ।


More

View All

News

Health

Sports