काठमाडौं, चैत १२ गते । संसदबाट दोस्रो पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तार गर्न नसकेको नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले बताएका छन्।गत चैत ६ मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए।

आज बिहान सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले विश्वासको मत दिएको धेरै दिन भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्न नसकेको उल्लेख गरेका छन् ।उनले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको पनि बताएका छन्।
‘सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री चर्को समस्यामा पर्नुभएको छ,’ उनले भने, ‘सरकारलाई आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा ध्यान छैन। पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ। जनता र हामी यो गठबन्धनको तमासा हेरिरहेका छौं।’