काठमाडौं, चैत १२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरु प्रती आम जनताको बितृष्णा मात्र होइन बिस्तारै घृणा बढ्न थालेको बताएका छन् । महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुने अनैतिक, अमर्यादित र अशोभनीय गतिविधिले जनतामा आक्रोश पैदा भएको बताएका छन् ।

अध्यक्ष थापाले काठमाडौँ उपत्यका केन्द्रित सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत भक्तपुरको मध्यपुरमा आयोजित कार्यक्रममा बोल्दै भ्रष्ट ,अनैतिक र असफल भनेर भनिएका दलहरूसँग सत्ता गठबन्धन बनाएर ब्रम्हलुटमा सङ्गै संलग्न हुनुले नयाँ उदय भएका दलहरूप्रतिको भरोसा पनि टुटेको विचार व्यक्त गरेका छन् ।
अध्यक्ष थापाले सत्ता र शक्ति केन्द्रित भएका ठुला दलहरूकै बाटोमा हिँड्ने कामले विकल्प दिन नसक्ने उनको भनाई छ । अध्यक्ष थापाले जनतालाई जीवन धान्न गाह्रो भएको विषयले भन्दा पनि सत्ता रोहणको विषयले महत्त्व पाउनुबाट नयाँ विकल्प भनिएका दलबाट जनता निराश भएको उल्लेख गरेका छन् ।