काठमाडौं, चैत १३ गते । आज दिउँसो १ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक बस्दै छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा उपनिर्वाचनबारे छलफल गर्न बैठक बस्न लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।

बैठकमा वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ। साथै केही समय पछि हुने केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताएका छन्।