काठमाडौं । मिटर ब्याज पीडितलाई धर्नाका कार्यक्रम स्थगन गर्न गृह सचिव विनोद प्रकाश सिंहले आग्रह गरेका छन् । आज धर्नास्थल टंगाल पुगेर पीडितलाई भेटेका सचिव सिंहले धर्ना स्थगित गर्न आग्रह गरेका हुन् ।गृहसचिवले आफूहरुसँग माग पत्र मागेको तर सोमबार राति प्रहरीले धरपकड गर्दा माग पत्र हराएका कारण दिन नसकेको पासवानले बताएका छन् ।

पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको उनले बताएका थिए ।गृह सचिवसँगको भेटमा आफूहरुले प्रधानमन्त्रीलाई भेटेर पीडा सुनाउन चाहेको संघर्ष समितिका संयोजक मनोज पासवानले बताए । ‘उहाँले कानुनी पहल भइरहेको भन्दै धर्ना छोड्न भन्नुभयो,’ पासवानले भने, ‘हाम्रो पीडा प्रधानमन्त्रीलाई सुनाउने वातावरण बनाउन माग गर्यौं, प्रधानमन्त्रीसँग कुरा गराउने भनेर उहाँ जानु भएको छ ।’