काठमाडौं, चैत १४ गते । नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन्। ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै नेपाल–भारत बीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभइ रेलमार्ग र जलमार्गको नयाँ आयामहरू बिस्तार हुने बताएका ।मन्त्री किराँतीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको पनि बताएका छन्।

मन्त्री किराँतीले नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभइ अब नयाँ आयामहरू पनि बिस्तारै थपिँदै छ। रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ। अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जलमार्ग पनि अर्को आयाम हुनसक्छ। जसले नेपाल र भारतको प्राचीनकालीन सम्बन्धलाई थप उचाइमा पुर्याउने मलाई विश्वास छ।
नेपाल भारत उद्योग वाणिज्य संघको अगुवाइमा प्रकाशनमा आएको यो कफी टेबल पुस्तकमा समावेश गरिएका दुई देशका विभिन्न धार्मिक, सांस्कृतिक, स्थलहरूले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्कसुकता जनाउनेछ भने धार्मिक स्थल, सांस्कृतिक स्थलको प्रवर्द्धन र विकास गर्न यसले योगदान दिनेछ। ’