×

Vajra NTV

जनादेश अनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यकछ –मुख्यमन्त्री जम्मकट्टेल


काठमाडौं, चैत १५ गते । गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताएका छन् । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले साना आयोजनामा नअल्झिन सुझाव दिएका छन् ।

मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजे अनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरेका छन् । “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ”, उनले भने । जनादेश अनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरुपको काम गर्नमा दृढ रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताएका छन् ।बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बनेपा सहरलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले विषेशरूपमा सहयोग गर्न आवश्यक रहेको बताएका छन् ।


More

View All

News

Health

Sports