×

Vajra NTV

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची


काठमाडौं, चैत १६ गते । बिहान ११ बजे राष्ट्रियसभाको बैठक बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८–७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८–७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८–७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८(०७९ सदनमा पेस गर्नेछन् ।

त्यसैगरी बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।


More

View All

News

Health

Sports