×

Vajra NTV

आजको मौसमः मेघगर्जन–चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं, चैत २० गते । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का–क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै मंगलबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।


More

View All

News

Health

Sports