काठमाडौं,चैत २६ गते । आज सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तीन खेलहरु हुँदैछन् । लिगको सातौं चरण अन्तर्गत आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । संकटा ६ खेलमा ९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

मछिन्द्र ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।
सातदोबाटो १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आर्मी ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।त्यस्तै सातदोबाटो एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्ने छन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । हिमालयन ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।एनआरटी ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।