काठमाडौं । माघ ३ गते
आज प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि मतदान हुने भएको छ। प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान प्रक्रिया अपनाउन लागिएको हो।

आज बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन पहिले मतदान हुने बताइएको छ। दल तथा सांसदको आ–आफ्नै अडानका कारण समितिले नाम र राजधानीसम्बन्धी केही प्रस्ताव परिमार्जन गरेर घटाए पनि सहमति हुन सकेन।
आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समितिको तर्फबाट प्रतिवेदन सार्वजनिक गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गोप्य मतदानमा जानुपर्ने सहितका ६ वटा निष्कर्ष निकालेको बताएका थिए।