×

Vajra NTV

बारा २ उपनिर्वाचनः जसपा, एमाले र रास्वपाका उम्मेदवारले आफैलाई मत हाल्न पाउँदैनन्


काठमाडौं, बैशाख १० गते । बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् ।यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।

यादव सप्तरी–२ का मतदाता हुन् । त्यसैगरी पुरुषोत्तम पौडेल बारा–१ र रमेश खरेल काठमाडौँ–१ का मतदाता हुन् । बार २ मा ३४ जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


More

View All

News

Health

Sports