×

Vajra NTV

कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटका बारेमा छलफल हुने


काठमाडौं, बैशाख १२ गते । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाईएको छ । मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक सोमबारदेखि देखी सुरु भएको हो ।

पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवा लगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहेपछि आज पुनः बैठक बस्न लागेको हो । आर्थिक बर्ष २०८०–८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ ।


More

View All

News

Health

Sports