×

Vajra NTV

रेशम चौधरीको रिहाईका लागि किन्तु परन्तु नगरौंः अध्यक्ष भट्टराई


काठमाडौं, १३ जेठ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई हुनु पर्नेमा जोड गरेका छन् । पुर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा विवाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो । उनले नागरिकता बिद्येयक पनि प्रमाणिकरण हुनु पर्नेमा जोड गरेका छन् ।

‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान र कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं,’ भट्टराईले भनेका छन, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं।’


More

View All

News

Health

Sports