×

Vajra NTV

कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा


काठमाडौं, १७ साउन । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संसथापक शेयरधनी प्रेम बहादुर भण्डारीको नाममा रहेको ३४ हजार ५९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले दिएको छ । सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेकाो मिति १६ साउनदेखिको ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर परिणामसमेत खुलाई बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

साथै, सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरको ब्यक्तिमा बिक्री प्रकिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।


More

View All

News

Health

Sports