×

Vajra NTV

आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं, १७ साउन ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा र बिक्री दर १३१ रूपैयाँ ९२ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा रहेको छ। हिजो डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसामा काराेबार भएकाे थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १९ पैसा र बिक्री दर १६८ रूपैयाँ ९६ पैसामा काराेबार गर्ने अनुमति पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.११ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.५१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ २१ पैसा र बिक्रीदर  १० रूपैयाँ २५ पैसा कायम गरिएकाे छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६  रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.६  रुपैयाँ रहेको छ भने बिक्री दर २९.२६ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.७ पैसा  विक्रीदर ४२९.२ पैसामा काराेबार गर्न सकिने जनाएकाे छ ।


More

View All

News

Health

Sports