×

Vajra NTV

मल्टिपर्पस फाइनान्सको हकप्रद सेयर बिक्री खुला


काठमाडौं, ३० असोज । मल्टिपर्पस फाइनान्सले सोमबारबाट १ लाख ४२ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ। लगानीकर्ताले अवितरित हकप्रद सेयरको बोलपत्र आउँदो कात्तिक १३ गतेसम्म पेस गर्नुपर्नेछ।

बिक्रीमा रहेको उक्त सेयरमा संस्थापक समूहको ८२ हजार १ सय २३ कित्ता छ भने सर्वसाधारण समूहको ६० हजार ६ सय ५० कित्ता रहेको छ। उक्त सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ राखिएको छ। लगानीकर्ताले सोही आधारमा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्ने बताइएको छ।

लगानीकर्ताले बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडौं, नक्सालस्थित कार्यालयमा पेस गर्न सक्नेछन्। साथै बोलपत्रका लागि देशभर मुक्तिनाथ विकास बैंकका शाखाहरू थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा ९पोखरा०, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिने जनाइएको छ।


More

View All

News

Health

Sports