काठमाडौं । ग्लोबल आईएमई बैंकका डेविट–क्रेडिट कार्डबाहक ग्राहकले इकमर्श प्लेटफर्म दराजमा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी बैंक र दराजबीच सम्झौता भएको छ ।सम्झौताअनुसार अब बैंकका ग्राहकले डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

डेविट कार्डबाहक ग्राहकले कुनै पनि सामानको भुक्तानीमा १० प्रतिशत अर्थात ५ सय रूपैयाँसम्म छुट पाउनेछन् भने भने क्रेडिट कार्डबाहकले १५ प्रतिशत अर्थात ७५० रूपैयाँ सम्म छुट पाउने भएका भएका छन्। उक्त अफर आजदेखि तीन महिनासम्म लागू रहने बैंकले जनाएको छ।