काठमाडौं । आज कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ। सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभा हल, पोखरा महानगरपालिका–१०, बुद्ध चोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
सभाले संस्थापक सेयर धनीको तर्फबाट १ जना महिला सञ्चालकको निर्वाचन गर्नेछ। साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।