काठमाडौं । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार सोमबार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम हुँदा गोलभेँडा सानो लोकलको ६० र गोलभेँडा सानो टनेलको ९० रुपैयाँ कायम भएको छ ।

यस्तै केरा दर्जनको १४० रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको ४८, बन्दा लोकलको २२, मुला रातोको ६०, प्याज हरियोको ५०, तामाको १०० रुपैयाँ कायम भएको समितिले जनाएको छ । यस्तै अनारको ३०० तथा मौसमको ५० रुपैयाँ रहेको छ ।