×

Vajra NTV

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको थियो ।  त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ ।

बुधबार खरिद दर १४३ रुपैयाँ ५६ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसाले कारोबार भएको थियो ।बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ । बुधबार खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको थियो । आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसाले कारोबार भैरहेको छ ।


More

View All

News

Health

Sports