×

Vajra NTV

आयल निगमले बढायो इन्धनको मुल्य


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार मध्यराति १२ बजेदेखि लागु भएको छ ।

मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जनाएको छ ।


More

View All

News

Health

Sports