×

Vajra NTV

आज सोनाम ल्होछार पर्व, विविध कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाउँदै तामाङ समुदाय


आज सोनाम ल्होछार पर्व, विविध कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाउँदै तामाङ समुदाय


काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ ता ल्हो घोडा वर्ग वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्ला र सोनाम ल्होछार मान्ने समुदायहुने देश विभिन्न भाग पनि धुमधाम संग २८६२ ता ल्हो घोडा वर्ग सोनाम ल्होसार (नया वर्षा) यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्ध क्षेत्रमा, स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ ।

करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ । नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् ।


More

View All

News

Health

Sports